अमिताभ बच्चन कोरोना सङ्क्रमणमुक्त

44
  •  
  •  
  •  

काठमाडौं । बलिवुड अभिनेता अमिताभ बच्चनको पछिल्लो काेराेना रिपोर्ट नेगेटिभ आएको छ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आइतबारकाे काेराना परीक्षणमा रिपाेर्ट नेगेटिभ आएसँगै आफू डिस्चार्ज भएकाे अमिताभ बच्चनले ट्विटरमार्फत जानकारी दिएका छन् ।

आफ्नाे उपचारमा संलग्न स्वास्थ्यकर्मी, आफ्नाे लागि प्रार्थना गर्ने समर्थकलगायत सम्पूर्ण अस्पताल प्रशासनलाई उनले धन्यवाद दिएका छन् ।

यता अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै आफू भने अझै अस्पतालमै हुने जानकारी दिए,“दुर्भाग्यवश मेरो रिर्पोट पोजेटिभ नै आएको हुनाले म भने अस्पतालमै हुने छु । मेरो परिवारका लागि तपाईंहरुले दिनुभएको माया र प्रार्थनाको लागि फेरि पनि तपाईहरु सबैलाई धन्यवाद । म यस्लाई हराएर फेरि स्वास्थ हुने छु यो मेरो बाचा छ ।”

अमिताभका बुहारी ऐश्वर्या र नातिनी आराध्या भने गत साता नै रिर्पोट नेगेटिभ आएर घर फर्किसकेका छन् ।

 


  •  
  •  
  •