एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनलाई ‘दादा साहेब फाल्के’ पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रपति भवनमा भएको कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बच्चनलाई उक्त पुरस्कारबाट सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा ७७ वर्षीय अभिनेता बच्चनसँगै उनकी श्रीमती जया बच्चन र छोरा अभिषेक बच्चन पनि सहभागी भएका थिए ।
अमिताभ बच्चनले समारोहमा आफू भविष्यमा अझै धेरै काम गर्न उत्सुक रहेको बताए । बच्चनले पुरस्कार ग्रहणका क्रममा ठट्टा गर्दै भने ‘यो पुरस्कारको घोषणा भइरहँदा कतै मलाई अब घरमै बसेर आराम गर्नुस् भनेको हो कि भन्ने शंका उब्जिएको थियो ।’
बच्चनले यस विषयमा अगाडि भने, ‘अझै धेरै कामहरु बाँकी नै छन्, जसलाई मैले पूरा गर्नु छ । साथै अगाडि कैयौं सम्भावनाहरु बनिरहेका छन्, भविष्यमा पनि मैले कैयौं कामहरु गर्नुपर्नेछ ।’
#WATCH: Amitabh Bachchan says,"Jab iss puruskar ki ghoshna hui to mere mann mein ek sandeh utha. Ki kya kahin ye sanket hai mere liye ki bhai sahab aapne bahut kaam kar liya, ab ghar baith ke aaram kar lijiye. Kyunki abhi bhi thoda kaam baki hai jise mujhe poora karna hai." pic.twitter.com/pdKXH2RSfr
— ANI (@ANI) December 29, 2019