अमिताभ बच्चनले मागे शाहरूख खानसँग माफी

143
  •  
  •  
  •  

amitabh-jaya=shahrukhहालै एक सार्वजनिक कार्यक्रममा जया बच्चनले शाहरूख खानको चलचित्र ‘ह्याप्पी न्यु ईयर’ लाई बकवास भनेका थिए । जयाले उक्त चलचित्रलाई आफूले अहिलेसम्म हेरेको चलचित्रमश्ये सबैभन्दा मूर्खतापूर्ण चलचित्र रहेको बताएकी थिइन् ।

उनले आफ्नो छोरा उक्त चलचित्रमा भएका कारण मात्र उक्त चलचित्र हेरेको बताएकी थिइन् । चलचित्रलाई लिएर आफ्नो आलोचना शाहरूख खानलाई समेत भनिसकेकी थिइन् । तर, जब जयाले सार्वजनिक टिप्पणीको कुरा अगाडि आयो तब अमिताभले शाहरूख खानलाई एक एसएमएस पठाएका थिए । यसमा उनले आफ्नी पत्नीको तर्फबाट माफी माग्दै जयाको शाहरूख र उनको चलचित्रलाई अपमान गर्ने मनसाय नभएको लेखेका थिए ।

भारतीय सञ्चारमाध्मयहरूले स्रोतलाई उदृत गर्दै अमिताभ बच्चनले शाहरूख र उनको परिवार मिल्ने गर्छन् र उक्त चलचित्रमा सबैभन्दा बढी सराहाना आफ्नै छोरा अभिषेकले पाएका कारण पनि उनले यस्तो गरेको बताएका छन् ।

स्रोतका अनुसार उक्त दिन राती अभिषेक र ऐश्वर्या नै शाहरूख खानको घरमा जयाको उक्त भनाईबारे दुःख व्यक्त गर्न पुगेका थिए । तर, यी दुईलाई शाहरूखको घरमा शाहरूखकी पत्नी गौरीले स्वागत गरिन् तर, शाहरूखले भने उनीहरुलाई भेटेनन् ।

यसभन्दा अगाडि सन् २०१० मा पीपुल म्यागाजिनको एक अन्तरवार्तामा जया बच्चनले ऐश्वर्याका कारण शाहरूख र सलमान खानबीच भएको झगडाका विषयमा बोल्दै उनले शाहरूख नजिक भएको भए आफूले झापड हान्ने बताएकी थिइन् । यसले यी दुई परिवारबीचको सम्बन्ध केही बिग्रिएको थियो ।


  •  
  •  
  •  

Comments are closed.