यस्तो छ बलिउड अभिनेता अमिताभ बच्चनको घरको मन्दिर

385
  •  
  •  
  •  

काठमाडौं १ भदौ (ओएनएस) : बलिउड अभिनेता अमिताभ बच्चन अभिनयका कारण मात्र होईन आध्यात्मिक भावनाका कारण पनि चर्चितछन् । हरेक समय आफू सकारात्मक सोच्ने भएकाले जीवनमा कहिल्यै दुखित हुुनुनपरेको जीवनमन्त्र समेत बाड्ने गर्छन् । आज कृष्णजन्माष्टमीका दिन अमिताभको घरभिन्त्र निर्माण भएको मन्दिर अमिताभले आफै फेसबुक मार्फत सार्वजनिक गरेकाछन् ।

mandir 1

अमिताभको घरको तस्विर बाहिरबाट मात्र देख्न पाएका दर्शकलाई उनको घरभित्रको मन्दिर समेत देख्न पाउनु खुसीको कुरा हो । उनको मन्दिरको सबैभन्दा माथि गणेश भगवानको मुर्ति राखिएको छ भने सिता, राम र हनुमानको मूर्तिलाई साथमा राखिएको छ । उनको मन्दि।रमा बिद्याकी देवी सरस्वतीले समेत स्थानपाएकीछन् । मन्दिरको मूख्य आसनमा शिवलिंगलाई स्थान दिएको छ ।

अमिताभले तस्विर सार्वजनिक गर्दै फेसबुकमा् लेखेकाछन्, ‘आजको पावन दिनमा मेरो घर जलशामा स्थापना गरिएको सानो मन्दिरको तस्विर सार्वजनिक गर्दैछु ।’ मुम्बईको जुहु इलाकामा स्थापना गरिएको घरमा उनको सपरिवार सँगैबस्दै आएको छ ।


  •  
  •  
  •