अमिताभले भने, ‘कर छलीमा मेरो संलग्नता छैन’

244
  •  
  •  
  •  

काठमाडौं २५ चैत ।
लिउड स्टार अमिताभ बच्चनले कर छलीका लागि स्वर्गै मानिने अफसोर कम्पनीहरुसँग कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् । द इन्डियन एक्सप्रेसले जनाएअनुसार ब्रिटिस भर्जिन आइल्यान्डस् र बहमासमा दर्ता भएको चार अफसोर सिपिङ कम्पनीमा सन् १९९३ मा बच्चन निर्देशक नियुक्त भएका थिए । उनी र बलिउड नायिका ऐश्वर्या राय पनामा पेपर्स दस्तावेजमा सूचीकृत ५ सयजना भारतीयमा पर्छन् । रायका सञ्चार सल्लाहकारले चाहिँ ती कागजातको आधिकारितामाथि प्रश्न गरेका छन् ।

इन्डियन एक्सप्रेसले सुरुमा पनामा पेपर्सको खुलासा सम्बन्धमा प्रतिक्रिया दिएनन् तर उनले मंगलबार आफ्नो कुनै संलग्नता नरहेको भन्दै वक्तव्य जारी गरेका छन् । ‘म ती कुनै कम्पनीमा निर्देशक रहेको छैन र हुन सक्छ, मेरो नाम दुरुपयोग भएको छ,’ उनले भनेका छन् ।

‘मैले सबै खाले कर तिरेको छु । विदेशमा खर्च गरेको रकममा समेत कर तिरेको छु । विदेशमा आर्जित विप्रेषणमा समेत कानुनअनुसारै गरेको छु,’ ‘इन्डियन एक्सप्रेसको समाचारका कुनै पनि कुराले मेरो हकमा कुनै वैधता राख्दैनन्,’ वक्तव्यमा उल्लेख छ ।

इन्डियन एक्सप्रेसको समाचारअनुसार ऐश्वर्या राय र उनको परिवारलाई निर्देशक बनाएर ब्रिटिस भर्जिन आइल्यान्डस्मा एउटा कम्पनी सन् २००५ मा खोलियो, तर त्यो ३ वर्षपछि नै खारेज भयो । रायका सञ्चार सल्लाककारले समाचारका सबै सूचना पूरै गलत भएको बताए । राय अमिताभ पुत्र अभिषेककी पत्नी हुन् ।


  •  
  •  
  •