अमेरिकामा माइकल आँधीका कारण १३ को मृत्यु, तीन लाख बढी प्रभावित

978
  •  
  •  
  •  

काठमाडौं, २४ असाेज (एजेन्सी) : संयुक्त राज्य अमेरिकामा माइकल आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ। मध्य अमेरिकी क्षेत्रमा विध्वंस मच्चाएको आँधीका कारण ती मानिसहरूको मृत्यु भएको हो।

उक्त आँधी २ सय १ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दक्षिणी क्षेत्रतर्फ अघि बढिरहेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्। उक्त आँधी तिनतिरबाट एकसाथ आइरहेकाले खतरनाक अवस्था आउन सक्ने चेतावनी दिइएको छ। सरकारले फ्लोरिडा राज्यका ३ लाख ७० हजार मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

फ्लोरिडा, अलाबामा र जोर्जियामा स्थानीय सरकारले आपतकालीन अवस्थाको घोषणा गरेका छन्। गत महिना पनि अमेरिकाका विभिन्न राज्यमा शक्तिशाली आँधीका कारण कैयौंको ज्यान गएको थियो। एजेन्सी


  •  
  •  
  •