अमेरिकाले दियो उत्तर कोरियालाई सैन्य कारवाहीको चेतावनी

196
  •  
  •  
  •  

jems mettis

काठमाडौं, १९ भदौ (एजेन्सी) : उत्तर कोरियाले आइतबार गरेको परमाणु परीक्षणको विषयमा अमेरिकाले उत्तर कोरियालाई कडा चेतावनी दिएका छन् ।

अमेरिकी रक्षामन्त्री जेम्स मेट्टिसले अमेरिका तथा आफ्ना सहयोगीमाथि हुने कुनै पनि किसिमको खतराको जवाफ आफूहरुले कडा सैन्य कारवाहीबाट दिने चेतावनी दिएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको छलफलपछि रक्षा मन्त्री मेट्टिसले यस्तो चेतावनी दिएका हुन् । उत्तर कोरियाले आइतबार लामो दूरीमा मार हान्न सक्ने मिसाइलमा लोड गर्न मिल्ने हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएको छ । उत्तर कोरियाको यो छैटौं परमाणु परीक्षण हो । यसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

उत्तर कोरियाले आफू अब अमेरिकासम्म मार हान्न सक्ने भएको दाबी गर्दै आएको छ । तर अमेरिकी रक्षा मन्त्री मेट्टिसले अमेरिका आफ्नो तथा दक्षिण कोरिया र जापानसहितका आफ्ना सहयोगीको सुरक्षा गर्न सक्षम रहेको बताए । उत्तर कोरियाले परमाणु परीक्षणपछि उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने तयारीमा अमेरिका छ ।


  •  
  •  
  •