महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीस निर्माण हुँदै

360
  •  
  •  
  •  

काठमाडाैँ, १२ बैशाख (अाेएनएस) : अमेरिकन बुद्धिष्ट ज्ञाता तथा ध्यान गुरु श्याल्पा तेन्जिन रिन्पोचेको परिकल्पनामा महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पीसको भगवानगौतम बुद्धको २५६२ औं जन्मजयन्तीको अवसरमा यही बैशाख १६ गते लुम्बिनी नेपालमा निर्माण कार्य सुरु हुने भएको छ ।

उक्त भवन निर्माण कार्यको शिलान्यास नेपालका प्रधानमन्त्री केपीशर्मा ओलीको हातबाट हुने  रिन्पोचेले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

यो परियोजना (प्रोजेक्ट)निर्माणको लागि अमेरिकामा अवस्थित् गैर–नाफामूलकधार्मिक संस्था र्यांग्रिक येशे ईन्क र हंकङकमा अवस्थित् भगीनी संस्था वेन्चेङ गोंगझु ईन्टरनेश्नल फाउण्डेशन र नेपालमा अवस्थित भृकुटि हिमालयन फाउण्डेशनले सहयोग गर्नेछन् ।
रिन्पोचेले उक्त महासिद्ध स्याँक्चुरीले गौतम बुद्धको जन्मस्थलको गरिमा बढ्ने तथा सम्मानहुने आफूले विश्वास लिएको बताए । उनले भने,‘यतिमात्रै होईन, यो प्रोजेक्ट निर्माणसँगै सबै धर्म, वर्ग, जाति र संस्कृतिकाभक्तजनहरुको लागि प्रेरणादायी हुनेछ।’

शाक्यमुनिगौतम बुद्धको जन्मभएको ठाउँ लुम्बिनीविश्वकै पवित्र स्थलभएको उल्लेख गर्दै उनले भने,‘लुम्बिनीविश्वको एकमात्रै पवित्र स्थलहो, जसले विश्वमै शान्तिपूर्ण तवरमा मानवताको सेवागरिरहेको छ, लुम्बिनीआस्था र विश्वासको एकमात्रै धरोहर हो।’ विश्वभरि नै गौतम बुद्धको सन्देश फैलाउनको लागि यो प्रोजेक्ट फलदायी र प्रेरणादीय हुने उनको विश्वास छ ।

लुम्बिनीजस्तो पवित्र धार्मिकस्थलमा यस्तो मन्दिर बनाउनु महत्वपूर्ण हुने बताउँदै रिन्पोचेले भने,‘लुम्बिनीमामात्रै होईन, प्रत्येक नागरिकले आफ्नो हृदयमा सहनशिलता र शान्तिको मन्दिर बनाउनुपर्छ, यो आजको आवश्यकत्ताहो, मनमाशान्ति र सहनशिलताको मन्दिर बनाउनेहरु जहाँगएपनि र जे गरे पनि उनीहरुले आफूसित साँच्चिकै स्यांक्चुरी रहेको पाउनेछन्।’

हिमालयन भृकुटी फाउण्डेशन नेपालले २५६२औँ बुद्धजयन्तीका सन्दर्भमालुम्बिनीमा ‘महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पिस’निर्माण गर्ने भएको छ ।

यही वैशाख १६ गते भवनको पूर्वाधारकालागिनिर्माण शुरु गरिने र तीनवर्षभित्र सम्पन्नगरिने योजना छ । विश्वमालुम्बिनीलाई शान्तिको थलोका रुपमाविकास गरी पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको उक्त केन्द्रमा फराकिलो सभाहल, ध्यान केन्द्र लगायतका संरचनानिर्माण गरिनेछ ।

रिन्पोछेले विभिन्नजाति, रंग र धर्मकामानिसलाई आध्यात्मिकगन्तव्य र तीर्थस्थलका रुपमाविकास गरिने उक्त केन्द्रमाआधुनिकवास्तुकलाले सजाइएकाबौद्ध धर्म, दर्शनको परम्परागतप्रतीकलाई राखिने जानकारी समेत दिए ।
बुद्धको जन्मभूमिका रुपमा रहेको लुम्बिनीमाउक्त केन्द्रको निर्माण भएपछि स्थानीयवासीको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सामुदायिकविकासकाकार्यक्रम अगाडि बढाइने उनले बताए ।

केन्द्रभित्र बुद्धको जीवनीमाआधारित संग्रहालयसमेत निर्माण गरिने हुँदा बुद्धका अमूल्यमूर्ति, ग्रन्थतथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुको पनि संकलनगरिनेछ ।

उनले उक्त स्यांक्चुरी शान्तिको लागिविशेष महत्वपूर्ण आर्शिवादहुने पनिजनाए । उनले थपे,‘मन्दिर पर्यटनको विकासको लागिपनि केन्द्रविन्दु हुनेछ, यसले नेपाजस्तो देशको लागिआर्थिक विकास र समृद्धिमापनि ठोस सहयोग पुग्नेछ।’

चाँडै निर्माण हुने उक्तमन्दिरमाआधुनिकतथा परम्परागत शैलीको डिजाईन हुने उनले जनाए । उनकाअनुसार परम्परागत बुद्धिष्ट संकेतका रुपमाफक्रँदै गरेको कमलको फूलजसले (शुद्धता र ज्ञानको) ज्योति फैलाउने बाहिरी गुण राख्दछ, हो त्यसको प्रतिनिधित्वहुनेछ ।

त्यस्तै मन्दिरमा ‘बटर ल्याम्प’अर्थात घिउबाट जलिरहने दियोले भगवान बुद्धले भन्नु भएको पाँचवटा बुद्धिमताको अर्थ दिन्छ । त्यसैगरि स्तुपाआकारको संरचानाले ज्ञानले सुसज्जितविचार प्रतिनिधित्ववा अर्थ दिन्छ । यहाँ देखिने मण्डलाले राम्रो कर्म कसरी हासिलगर्ने भन्ने अर्थ प्रदानगर्दछ ।

सबभन्दामाथिल्लो भागमा देखिने स्वर्ण रँगको चुच्चो संरचनाले भगवान बुद्धले अथ्र्याउनु भएको तेह«वटा भुमीहरुको वा ज्ञानका श्रृखंलाहरुको प्रतिनिधित्व गर्छ। त्यस्तै स्यांक्चुरीमा पुस्ताकालय, शान्ति संंग्राहलय, ग्राण्ड हल, ध्यानतथा योगाहल र पिस ईन्स्टिच्यूछ समेत हुने रिन्पोछेले जानकारी दिए ।


  •  
  •  
  •