इन्टरनेटमा समय बर्बाद गर्नेलाई पनि डिग्री

103
  •  
  •  
  •  

internet-usersकाठमाडौ, १७ कात्तिक(एजेन्सी) : अहिलेको समयमा इन्टरनेट जीवनको प्रमुख हिस्सा नै भइसकेको छ । आजकल मानिस इन्टरनेट बिनाको समय काट्न पनि चाहँदैनन् र जीवन समेत सहज नहुने अवस्था भइसकेको छ । तर, यसमा समय बिताउने मानिसको संख्या पनि निकै बढेको छ । यस्ता मानिसहरुका लागि अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयले इन्टरनेटमा समय बर्बाद गर्नेहरूका लागि डिग्री दिने भएको छ ।

उक्त विषयको नाम ‘वेस्टिङ टाइम अन इन्टरनेट’ हो । विश्वविद्लयको अंग्रेजी विभागमा आगामी नयाँ शैक्षिक सत्रबाट पढाई सुरू हुनेछ । यो विषय मुख्य रूपमा क्रियटिभ राइटिङ र अंग्रेजी भाषाका छात्रहरुका लागि बनाइएको हो ।

विद्यार्थीहरुलाई कलेज जाँदा ल्यापटप लानुपर्ने हुन्छ र तीण घण्टासम्म काम गर्नुपर्ने हुन्छ । उक्त विषयमा ग्रेडिङ प्रणाली हुन्छ । उक्त विषय पढाउनका लागि जोन केज, बेट्टी फ्रिडेनलाई नियुक्त गरिएको छ ।

विषयको नाम वेष्टिङ कोर्स भएपनि छात्रहरुलाई केही उत्पादनमूलक र रचनात्मक सामग्री इन्टरनेटबाट खोज्नुपर्ने हुन्छ । अर्थात् अंग्रेजी साहित्यमा प्रयोग गर्न सक्ने सामग्रीहरू हुनु पर्ने हुन्छ ।


  •  
  •  
  •