सुसाइड नोटसहित मृत भेटिए अमेरिकी नागरिक

171
  •  
  •  
  •  

लुक्ला, २६ कात्तिक (ओएनएस) : सोलुखुम्बुको चौरीखर्क ८, लुक्लास्थित एक होटलमा इरानी मुलका अमेरिकी नागरिक मृत अवस्थामा भेटिएका छन् ।

कार्तिक २२ गते लुक्ला आइपुगेका ६५ वर्षियसरद गर्ग अट्टेसको शव सुसाइड नोट सहित भेटिएको हो । नोटमा उनले आफु अल्जाइमर रोगको बिरामी भएको खुलासा गर्दै आफुले प्रयोग गर्दै आएको ल्यापटप नजिकको विद्यालयलाई सहयोगस्वरुप प्रदान गरिदिन आग्रह गरेका छन ।

उनले त्यस पत्रमा आफूलाई नेपाल अत्यन्तै मनपर्ने कुरा पनि उल्लेख गरेका छन् । दुईदिन अघिदेखि खान नखाएको र अस्तिदेखि बोल्न छाडेपछि होटल मालिकले प्रहरीलाई खबर गरेका थिए । बिहिबार उनको कोठाको ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला परेको सोलुखुम्बु प्रहरी प्रमुख चन्द्र बहादुर राईले जानकारी दिए ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको र उनको शव स्वदेश पठाउनेबारे अमेरीकी राजदुतावाससँग छलफल भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •