अमेरिका विरुद्ध लुम्बिनीमा प्रर्दशन

504
  •  
  •  
  •  

चन्द्रकान्त खनाल

रुपन्देही ३ असार (ओएनएस) : बुद्ध जन्मभुमी लुम्बिनीमा अमेरिकामा बन्दी बनाइएका पाँच क्युवालीको रिहाइको माग गरिएको छ । मंगलबार क्युवा ऐक्यबद्धता समिति नेपालको आयोजनामा बुद्ध जन्मभूमि लुम्बिनीमा मौन ¥याली सहित सभाको आयोजना गर्दै सो माग गरिएको हो ।
मायादेवी मन्दिर परिसरबाट शुरु भएको ¥याली शान्ति दिपको परिक्रमा गर्दै लुम्बिनी मूल गेटमा पुगी सभामा परिणत भएको थियो । सभामा बोल्ने वक्ताहरुले संयुक्त राज्य अमेरिकाले अनाहकमा बन्दी बनाइएका पाँच क्युवाली युवालाई तुरुन्त रिहा गर्न माग गरे ।
सभालाई सम्बोधन गर्दै क्युवा ऐक्यबद्धता समिति नेपालका उपाध्यक्ष एवं नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष रविन्द्र ज्याख्वले आतंकवादी गतिविधि विरुद्ध सुचना प्रवाह गरिरहेका पाँच क्युवाली युवाहरुलाई सोह्र वर्षदेखि बन्दी बनाएर अमेरिकाले मानवअधिकारकै खिल्ली उडाइरहेको उल्लेख गरे ।
पाँच क्युवालीको पक्षमा बोल्नु साम्राज्यवादको विरुद्धमा संघर्ष गर्नु भएको उनले तर्क गरे ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही अध्यक्ष हरिसुन्दर वासीले विश्वमा अशान्ति र युद्धको कारक अमेरिकी साम्राज्यवाद र पूँजीवाद भएको बताए ।
सभामा नेक्राविसंघ रुपन्देहीका सुरेश परियारले अनाहकमा बन्दी बनाइएका क्युवाली युवाहरुलाई मुक्त गर्न विश्वभरबाटै अमेरिकालाई दवाब परिरहेको उल्लेख गरे । सन् १९५८ मा अमेरिकी भूमिबाट क्युवा विरुद्ध भइरहेको आतंकवादी गतिविधीको सूचना सम्प्रेषण गर्ने क्रममा झुटो आरोपमा अमेरिकी प्रशासनले ती पाँच क्युवाली युवाहरुलाई बन्दी बनाइरहेको छ ।


  •  
  •  
  •