भारतसँगको पिटिएमा अमेरिकी चासो

239
  •  
  •  
  •  

काठमाडौं १६ साउन (ओएनएस) :
अमेरिकाले नेपाल भारत विद्युत व्यापार सम्झौता पिटिए तयारीबारे गम्भीर चासो र सन्देह व्यक्त गर्दै नेपालसँग आधिकारिक धारणा माग गरेको छ ।
भारतसँग पिटिए गरेर तेस्रो देशका कम्पनीलाई जदविद्युतमा लगानी गर्न निशेष गर्न खोजिएको हो कि होइन रु भन्दै अमेरिकी प्रतिनिधिले बिहीबार सरकारका उच्च अधिकारीलाई भेटेरै प्रष्ट पार्न आग्रह गरेका हुन् ।

अर्थमन्त्री रामशरण महतसँग बिहीबार भएको भेटघाटका क्रममा युनाइटेड स्टेट्स ट्रेड रिप्रिजेन्टेटिभ का मध्य एसिया हेर्ने अमेरिकी उप सहायक व्यापार प्रतिनिधि मारा बरले भारतसँग प्रस्तापवत विवाद बारे नेपालको धारणा खुलाउन आग्रह गरेको छ । भारतसँगको मस्यौदा प्रस्तावमा नेपालको जलविद्युत विकासमा भारतीय कम्पनीमात्र आउन पाउने सर्त राखिएको चर्चाबारे अमेरिकाले नेपालसँग जान्न चाहेको हो । जवाफमा अर्थमन्त्री महतले तेस्रो देशका इच्छुक हरेक कम्पनीलाई जलविद्युत आयोजनामा लगानी गर्ने बाटो खुला रहने गरी सम्झौता गरिने आश्वत तुल्याए ।
नागरिकबाट


  •  
  •  
  •