अमेरिका नेपाल मेडिकल फाउन्डेसनले बाढीपीडितका लागि कोष वृद्धि गर्यो

256
  •  
  •  
  •  

a dc-help
वाशिंगटन डिसी, ३१ साउन (ओएनएस) : अमेरिका नेपाल मेडिकल फाउण्डेशन (एएनएमएफ)ले नेपालका बाढीपीडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ ।

संस्थाको कार्यकारी समितिको बैठकले क्षतिग्रस्त तथा पीडित परिवारलाई सहायता गर्ने निर्णय गरेको हो ।
छिटो भन्दा छिटो राहत तथा सहयोग पुर्याउने उदेश्यले भेला भएको बैठकले संकलनसमेत सुरु गरिसकेको संस्थाका उपाध्यक्ष डा सन्तोष सापकोटाले दिएका छन् ।

गैर मुनाफा सामाजिक संस्था को रुपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उदेश्य नेपालका परियोजनालाई सहयोग गर्नुका साथै स्वास्थ्य सेवा पुर्याउनु रहेको छ ।


  •  
  •  
  •