बोष्टनमा अायाेजित सप्ताहमा दुई दिनमा साढे दुईलाख डलर संकलन

255
  •  
  •  
  •  

Saptaha-1

बोष्टन, २५ साउन : अमेरिकाको बोष्टनमा पशुपतिनाथको मन्दिर र बौद्ध स्तुपा सहित नेपाली कम्युनिटी सेन्टर बनाउने उद्देश्यका साथ आयाजना गरिएको सप्ताहमा दुई दिनमा साढे दुई लाख डलर बढी रकम संकलन भएको छ ।

आइतबार पहिलो दिन १२७५८६ डलर र सोमबार दोश्रो दिन १४२३९० गरी २६९९७६ दान स‌ंकलन भएको छ । पशुपतिनाथ बुद्ध फाऊण्डेशनको सहयोगार्थ आयोजित बोष्टन सप्ताहा २०१७ मा आइतबार र सोमबार दुर्इ लाख उनन्सत्तरी हजार नौ सय छहत्तर डलर संककलन भएको छ ।

पहिलो दिन आइतबार बृहद कलश यात्रा गरी सप्ताहाको थालनी गरिएको थियो । आध्यात्मिक महोत्सवको उदघाटन समाराेहमा नेपाली पहिरन नेपाली भेषभुषा सहित अमेरिकाको बिभिन्न राज्ययबाट नेपालीहरु आएका थिए ।

बाचन प्रविण पण्डित दिनबन्धु पोखरेल प्रमुख बाचक रहेको बोष्टन सप्ताह २०१७ को लागि नेपालीहरु तीन महिनादेखि तयारीमा जुटेका थिए । अगष्ट ६ देखि सुरु भएकाे सप्ताह १२ तारिखसम्म सञ्चालन हुनेछ ।


  •  
  •  
  •