एजेन्सी । संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित सम्झौतामा हस्ताक्षर भएको छ ।
वाशिङ्टनमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने, यो नयाँ सम्झौता अमेरिकी अर्थतन्त्रका लागि ‘परिवर्तनकारी’ हुनेछ ।
चिनियाँ नेताहरूले यसलाई ‘सबैको जित हुने’ सम्झौता भनेका छन्, जसले ती दुई देश बीचको सम्बन्धमा सुधार ल्याउन सघाउ पु¥याउन सक्छ ।
बीबीसीका अनुसार चीनले अमेरिकाबाट गरिने आयातलाई सन् २०१७ को अवस्थाभन्दा बढी २०० अर्ब डलर बराबर हुने गरी बढाउने र बौद्धिक सम्पत्ति अधिकारका नियमहरूमा कडाइ गरिने प्रतिबद्धता जनाएको छ ।
बदलामा अमेरिकाले चिनियाँ उत्पादनहरूमा लगाएको केही नयाँ करहरूलाई आधाले घटाउन सहमति जनाएको छ ।
तर धेरैजसो सीमासँग सम्बन्धित करहरू भने कायमै छन्, त्यसकारणले केही व्यापारिक समूहहरूले दुई देशबीच थप वार्ताहरू हुनु पर्ने माग गरेका छन् ।