अमेरिकाको मायामीमा १२ तले भवन भत्कियो, ९९ जना बेपत्ता

688
  •  
  •  
  •  

MIAMI BEACH POLICE

एजेन्सी । संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता भएका छन्। भवन भत्किँदा एक जनाको मृत्यु भएको छ र अन्य धेरै जना भग्नावशेषभित्र पुरिएको हुन सक्ने आशंका गरिएको छ । हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी हुन् ।

मायामीका मेयरले सङ्घीय सहयोगका लागि अनुरोध गरेका छन्। भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो।

मायामी डेडकी मेयर डेनीयला लेभिन-काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिएकी छन् ।

सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका बीबीसीले जनाएको छ । पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा छन्।


  •  
  •  
  •