अमेरिकी संसद्‌मा जो बाइडनको जित प्रमाणित

139
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। इलेक्टोरल मत गणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले तीन सय छ र डोनाल्ड ट्रम्पले २ सय ३२ इलेक्टोरल मत प्राप्त गरेको घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक हुन्छ । संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ । संसद्मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुई तिहाइले अस्वीकृत भएका छन् ।
संसद्को संयुक्त बैठक राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो । इलेक्टोरल मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो ।

संसद्को बैठकपछि डोनल्ड ट्रम्पले विज्ञप्ति जारी गर्दै जनवरी २० मा शान्तिपूर्ण हस्तान्तरण’ हुने बताएका छन । उनले आफ्नो प्रवक्ताको ट्विटरमार्फत सो जानकारी दिएका हुन । ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको छ । ट्रम्पले निर्वाचनमा धाँधली भएको प्रमाणविनाको दाबी छोडेका छैनन् । राष्ट्रपतीय इतिहासमा सबैभन्दा महान कार्यकालको अन्त्य भए पनि अमेरिकालाई फेरि महान बनाउने संर्घष जारी रहने उनले बताएका छन् ।‘म यो निर्वाचनको नतिजाप्रति पूर्णरूपमा असहमत भए पनि ज्यानअरी २० मा शान्तिपूर्ण हस्तान्तरण हुनेछ,’ उनले आफ्नो प्रवक्ताको ट्विटरमा प्रकाशित ट्वीटमा भनेका छन्।

ट्विटरले ट्रम्पको खाता केही समयको लागि बन्द गरेको छ। यसअघि जोर्जियाका दुवै सिनेट सिटमा रिपब्लिकनलाई हराउँदै बाइडनको डेमोक्र्याटिक दलमा उम्मेदवार विजयी भएका छन्। यो विजयसँगै डेमोक्र्याटिक दलको माथिल्लो सदन सिनेटमा पनि बहुमत हुने भएको छ।

राफेल वारनक र जोन ओस्अफले सिनेटर रहेका केली लोफलर र डेभिड पर्डुलाई हराएका हुन्। सन् २००९ यता पहिलो पटक डेमोक्र्याटिक दलको नियन्त्रणमा संसद्‌को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस हुने भएको छ।


  •  
  •  
  •