अमेरिकी एक चिकित्सकले क्यान्सर पीडितका साढे ६ लाख डलर मिनाहा गरिदिए

550
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी एक चिकित्सकले क्यान्सरबाट पीडित २०० बिरामीले तिर्नुपर्ने साढे छ लाख डलर बराबरको बिल मिनाहा गरिदिएका छन्। ती बिरामीहरूले उक्त रकम तिर्न सङ्घर्ष गरिरहेको थाहा पाएपछि डा. उमर अतिकले मिनाहा गरिदिएका हुन्।
गत वर्ष झन्डै ३० वर्ष चलाएपछि अर्कान्ससस्थित आफ्नो क्यान्सर उपचार केन्द्र बन्द गरेका थिए। उनले बक्यौता उठाउनका लागि एउटा असुली गर्ने कम्पनीसँग काम गरिरहेका थिए।तर उनले महामारीका कारण कैयौँ परिवारले आर्थिक समस्या झेलिरहेको थाहा पाए।

क्रिसमसका अवसरमा उनले बिरामीहरूलाई पत्र लेख्दै उनीहरूको बक्यौता मिनाहा बताएका हुन्। डा. अतिकले एबीसीको गुड मोर्निङ अमेरिका कार्यक्रममा भने,’ मैले कतिपय मानिसहरूले रकम तिर्न नसक्ने थाहा पाएँ।

त्यसैले परिवारका रूपमा म र मेरी श्रीमतीले यसबारे सोच्यौँ र सबै बक्यौता माफ गर्नेबारे सोच्यौँ। हामीले त्यो गर्नसक्छौँ भन्ने ठान्यौँ र माफ गरिदियौँ।’ उनी पाकिस्तानी मूलका हुन्। उनले अर्कान्ससमा सन् १९९१ मा क्यान्सर उपचार केन्द्र खोलेका थिए।

बीबीसी


  •  
  •  
  •