अमेरिकाको ४६ औं राष्ट्रपति बने जो बाइडेन

64
  •  
  •  
  •  

काठमाडौं । अमेरिको राष्ट्रपति निर्वाचनमा जो बाइडेन विजयी भएका छन् । अमेरिकी सञ्चार माध्यम सिएनएनले पेन्सिलभेनिया राज्यमा जितेको प्रोजेक्सन गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन निर्वाचित भएको जनाएको हो। योसँगै बाइडेन ४६ औं राष्ट्रपति बनेका छन् । आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

३ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले २७३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् ।

मुख्य ब्याटलग्राउन्ड स्टेट पेन्सलभानियामा बाइडेनले जित हासिल गरेसँगै उनको २७३ इलेक्टोरल कलेज मत प्राप्त गरेका हुन् ।

सन् २०२० को निर्वाचनमा बाइडेन विजयी भएसँगै सन् १९९० पछि एक कार्यकाल मात्र अमेरिकी राष्ट्रपति बन्‍ने ट्रम्प पहिलो व्यक्ति बनेका छन् । यस वर्ष सन् १९०० पछि पहिलो पटक अमेरिकामा सबैभन्दा बढी मत खसेका थिए । बाइडेनले सात करोड ३० लाख मत प्राप्त गरेका छन् । यो अमेरिकी इतिहासकै सबैभन्दा दोस्रो ठूलो मत हो ।

यसअघि मत गणना जारी रहँदै राष्ट्रपति उमेदवार ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाएका थिए ।


  •  
  •  
  •