अमेरिकामा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ६८ हजार दुई सय तीन पुग्यो

25
  •  
  •  
  •  

एजेन्सी । अमेरिकामा एकैदिन १० हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६८ हजार दुई सय तीन पुगेको छ ।

भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार २७ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई सय ४७ जनाले ज्यान गुमाएका हुन् ।

कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्याको आधारमा अमेरिकामा तेस्रो नम्बरमा पुगेको छ । चीन र इटलीपछि सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा देखिएका हुन् ।

अमेरिकाको न्युयोर्क शहरका गभर्नरले शहरमा सङ्क्रमण रोक्न कडा कदम उठाइएको र त्यसको प्रभाव पनि देखिएको बताएका छन् ।


  •  
  •  
  •