गोलाबारीमा प्रहरीसहित ६ जनाको मृत्यु

540
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाको न्यू जर्सी शहरमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ ।
जर्सी शहरका मेयर स्टिभन फुलपका अनुसार गोलाबारीमा अन्य प्रहरी अधिकारी पनि घाइते भएका छन् ।

शहरको ग्रीनविले इलाकामा कम्तीमा एक घण्टासम्म दुवै तर्फबाट गोलाबारी भएको थियो । जर्सी शहर हडसन नदीको दोस्रोतर्फ पर्छ । हडसन नदीको अर्कोतर्फ न्यूयोर्क शहर छ ।

गोलीबारी गर्ने पहिचान हुन सकेको छैन । प्रहरी अधिकारीहरुले भने गोलाबारीको पछाडि चरमपन्थी समूहको हात रहेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार संदिग्ध समूहरु एउटा दोकानमा लुकेर बसेका थिए र त्यहाँबाट नै गोलाबारी सुरु भएको हो ।

गोलाबारीमा ३९ वर्षीय प्रहरी अधिकारी जोसेफ सिल्सको ज्यान गएको हो । उनी पछिल्लो १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा थिए ।

जर्सी शहरका प्रहरी प्रमुख माइक केलीले भने, ‘जोसेफ सिल्सले सडकबाट बन्दुक हटाउन महत्वपूर्ण भूमिका निभाएका थिए ।’


  •  
  •  
  •