वृद्धको भेष बनाएर अमेरिका जान लागेपछि…

235
  •  
  •  
  •  

एजेन्सी । वृद्धको भेष बनाएर अमेरिका जान लागेका भारतीय एक युवालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा जयेश पटेल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  उनी ३२ वर्षका हुन् तर उनले ८१ वर्षको जस्तो भेष बनाएका थिए ।

अमेरिकाको न्यूयोर्क जान विमान चढ्न लागेका उनलाई नक्कली राहदानीसहित प्रहरीले पक्राउ गरेको हो ।

फुलेको दाह्री भएका र मोटो चस्मा लगाएका ती युवकले प्रारम्भिक सुरक्षाजाँच र अध्यागमन ह्वीलचेअरमा बसेर पार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।


  •  
  •  
  •