अमेरिकामा सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु

81
  •  
  •  
  •  

अमेरिका । अमेरिकाको मिजुरी राज्यमा सवारी दुर्घटनामा तीन नेपालीको ज्यान गएको छ ।
ज्यान जानेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेको स्थानीय जोप्लिन प्रहरीले जनाएको छ ।

मंगलबार भएको दुर्घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षीय छोरी घाइते भएका छन् । प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो । ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएका थिए ।


  •  
  •  
  •