अमेरिकाले भिसा र ग्रीन कार्ड दिने नीतिमा कडाइ गर्दै

104
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाले आप्रवासीहरुका लागि ग्रीन कार्ड प्राप्त गर्ने नीति कठिन पार्ने भएको छ ।  यसले अमेरिकामा रहेका गरिब आप्रवासीहरूले भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत वा ग्रीन कार्ड प्रदान गर्न अप्ठेरो पर्ने भएको छ ।

उक्त नीतिले एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासीलाई लक्षित गरेको छ ।

त्यस्ता आप्रवासी भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने लाग्यो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ । अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ ।

ब्लिक चार्ज रुल नामक नियम सोमबार संघीय रजिस्टरमा प्रकाशित भएको थियो । यो अक्टोबर १५ देखिलागू हुनेछ । अमेरिकामा स्थायी बासिन्दाको हैसियत पाइसकेका आप्रवासीहरूलाई यो परिवर्तनले खासै असर गर्नेछैन ।

बीबीसीले जनाए अनुसार शरणार्थी वा शरणका लागि निवेदन दिएकाहरूको निम्ति पनि यो लागू हुनेछैन । तर भिसा अवधि लम्ब्याउन, ग्रीन कार्ड तथा अमेरिकी नागरिकताका लागि निवेदन दिएकाहरूलाई यसले असर पार्नेछ ।


  •  
  •  
  •