अमेरिका गोलीकाण्डः गोली हान्ने युवकको बहिनी पनि मृत भेटिइन्

760
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाको ओहियोको डेटनमा ९ जनाको ज्यान जानेगरी भएको आक्रमण गर्ने व्यक्तिले आफ्नै बहिनी र उनको केटा साथीलाई समेत हत्या गरेको पाइएको छ ।

शनिबार अमेरिकामा दुई वटा गोली काण्ड भएकोमा टेक्सासमा भएको गोली काण्डमा २० जनाको मृत्यु भएको थियो । त्यसको करिब १ घण्टापछि ओहियोमा भएको गोली काण्डमा ९ जनाको मृत्यु भएको थियो ।

बीबीसीले जनाए अनुसार मेघन बेट्स नामकी २२ वर्षीया युवती बन्दुकधारीकै बहिनी भएको खुलेको हो । आक्रमणकारी कोनर बेट्स ओहियोको २४ वर्षीय युवा हो ।

उसकी बहिनी र केटासाथी सँगै कारमा मृत भेटिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । सो घटनामा कम्तिमा २७ व्यक्ति मारिएका थिए । डेटोनको आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ । केही मिनेटमै प्रहरीले उसलाई गोली प्रहार गरेको भएपनि उसले तत्कालै ९ जनाको हत्या गर्ने गरी गोली चलाएको थियो ।
प्रहरीले घटनाका बारेमा छानबिन भइरहेको जनाएको छ ।

बन्दुकधारीले एसल्ट राइफल बोकेको थियो । नजिकैको अस्पतालमा २७ जना लगिएकोमा १५ जना सामान्य उपचारपछि घर फर्किएका थिए । मारिनेहरुमा २२ देखि ५७ वर्ष उमेर समूहका महिला र पुरुष छन् ।


  •  
  •  
  •