अमेरिकामा आँधीले चार जनाको मृत्यु

447
  •  
  •  
  •  

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीले चार जनाको मृत्यु भएको छ ।

अधिकारीहरुले बताएअनुसार मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो । अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रुखले थिचेर मृत्यु भएको थियो ।

बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरुमा व्यापक क्षति गरेको थियो ।

मिसिसिपी राज्यमा आँधीबाट सर्वा्धिक प्रभाव परेको थियो । एक लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अबरुद्ध भएको छ ।
एजेन्सी


  •  
  •  
  •