अमेरिकामा गोलीकाण्डमा एक जनाको मृत्यु, पाँच जना घाइते

396
  •  
  •  
  •  

वासिङ्टन(एजेन्सी) : अमेरिकाको फिलाडेल्फिया सहरमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार बिहान गोली लागेर ३५ वर्षीय एक व्यक्ति घाइते भएका थिए ।
त्यसपछि दिनभर शहरमा भएका शृंखलाबद्ध गोलीकाण्डमा गोली लागेर एक जनाको मृत्यु र अरु चार जना घाइते भएका थिए ।

२६ वर्षीय एक व्यक्ति मारिनुका साथै उनका १७ वर्षीय भतिज गोली लागेर घाइते भएका छन् । सो घटनामा कम्तीमा दुई बन्दुकधारी संलग्न रहेको प्रहरीले जनाएको छ ।

अर्को एक गोलीकाण्डमा एक जना २५ वर्षीय व्यक्तिमाथि गोली हानिएको र गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै २७ वर्षीय अर्का व्यक्तिमाथि पनि अपरिचित व्यक्तिले गोली हानेका र गम्भीर अवस्थामा रहेका उनको अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार राति ९ बजे छैटौं व्यक्तिमाथि १० पटक गोली हानिएको प्रहरीले जनाएको छ ।

–सिन्ह्वा–


  •  
  •  
  •