उत्तर काेरियाले धम्की दिन जारी राखे उसले विध्वंश देख्छ : ट्रम्प

255
  •  
  •  
  •  

donald_trump

काठमाडौं, साउन (एजेन्सी) : उत्तर कोरियाको धम्कीपछि अमेरिकाले धम्की नदिन अनुरोध गर्दै सचेत गराएको छ ।

गुआम टापुमा हमला गर्न धम्कि दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई धम्की दिन जारी राखे उसले विध्वंश देख्ने प्रतिक्रिया दिएका छन्। उनले अहिलेसम्म दुनियाले नदेखेको विध्वंश मच्चाउने चेनावनी दिए ।

ट्रम्पको जवाफबारे थप स्पष्ट पर्दै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले अमेरिकालाई उत्तर कोरिअको तुरुन्तै कुनै खतरा नभएको बताए । उनले राष्ट्रपतिले उत्तर कोरियालाई कडा सन्देश दिन चाहेको बताए ।

उत्तर कोरियाको धम्कि पछि अमेरिकाले गुवाम द्विपमा रहेको आफ्नो सशस्त्र क्याम्पबाट आफ्ना लडाकु विमानको अभ्यास गरेका दृश्य सार्वजनिक भएपछि दुई देशबीचको सम्भावित युद्धको अनुमान संसार भरि गरिएको छ ।

गुआम द्विप अमेरिकाको सैनिक अड्डा भएको एक टापु हो जँहा एक लाख ६३ हजार अमेरिकी बस्दछन् । यँहा अमेरिकाले बमबर्षक विमान र अन्य लडाकु बिमान तैनाथ गरेको छ ।


  •  
  •  
  •