कांग्रेसमा कोइरालापछि केसीको संशोधन प्रस्ताव

415
  •  
  •  
  •  

arjun-narsingh-KCकाठमाडौ, १९ भदौ(ओएनएस) : पार्टीको निर्देशनविपरित नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

शनिबार केसीले धार्मिक स्वतन्त्रताको ठाउँमा बहुधार्मिक वा सर्वधर्म लेखिनुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

यसअघि कांग्रेसका अर्का नेता डा. शेखर कोइरालाले पनि पार्टी नीति विपरित छुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए । केसीको संशोधन प्रस्तावसहित हालसम्म २५ वटा संशोधन प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ ।

कोइरालाले दर्ता गरेको संसोधन प्रस्ताव फिर्ता लिन कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले निर्देशन दिएका थिए ।


  •  
  •  
  •