राजनीतिक भागबण्डामा एकैपटक २१ राजदूत नियुक्तिको सिफारिस

267
  •  
  •  
  •  

काठमाडौं ८ बैशाख ।
सरकारले लामो समयदेखि रिक्त रहेको राजदूतमा राजनीतिक भागवण्डा र परराष्ट्र मन्त्रालयका कर्मचारीको बरिष्ठताको आधारमा नियुक्तिको सिफारिस गरेको छ ।

सरकारले एकै पटक २१ स्थानमा राजदूत सिफारिस गर्दा पञ्चायतकालिन हस्तीहरुदेखि कूटनीतिक अनुभव नै नभएका ब्यक्तिहरुलाई राजदूत नियुक्ति गरेको हो । सरकारले एकै पटक यति धेरै राजदूत नियुक्त गरेको पहिलो पटक हो । लामो समयदेखि दूतावास खाली रहेको कारण एकैपटक यति धेरै राजदूत नियुक्ति भएको हो ।

चार बर्षदेखि खाली रहेको दूतावासले बल्ल राजदूत पाउने प्राय: निश्चित भएको हो । संसदीय सुनुवाई समितिको टुंगो लागिनसकेको अवस्थाले गर्दा उनीहरुको नियुक्तिमा भने अझै केही ढिलाई हुन सक्ने अधिकारीहरु बताउँछन् । राजनीतिक भागबण्डा नमिल्दा लामो समयदेखि राजदूत नियुक्तिमा निर्णय हुन सकेको थिएन ।

सुशील कोइराला नेतृत्व सरकारले अमेरिका र भारतमा राजनीतिक भागवण्डाका अधारमा राजदूत नियुक्त गरेपनि अन्य स्थानमा भागवण्डा मिलाउन नसक्दा निणर्यमा चुकेका थिए । राजनीतिक भागवण्डा हुन नसकेपछि परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई तत्कालिन कांग्रेस नेतृत्व सरकारले नियुक्ति गरेको थियो । परराष्ट्र मन्त्रालयबाट राजदूत नियुक्ति गरेको थियो ।

सरकारले अहिले परराष्ट्र मन्त्रालयबाट सेवा निवृत्त सहित ८ जनालाई राजदूतको लागि सिफारिस गरेको छ ।

लामो समयदेखि दूतावास खाली रहँदा चुस्त कूटनीतिमा नै प्रश्न चिन्ह खडा भइरहेको अवस्थामा सरकारले राजदूत नियुक्तिको सिफारिस गरेको हो । सरकारको ध्यान लामो समय देखि भारतसंगको असमझदारी अन्त्य र अन्य आन्तरिक राजनीतिक समस्या समाधानमा नै केन्द्रित भएकोले ढिलाई भएको बताउदै आएको थियो । सत्ता घटक दलहरु बीच नै राजनीतिक भागवण्डा नमिल्दा पनि नियुक्तिमा ढिलाई भएको अवस्थामा अहिले राजदूत नियुक्तिको सिफारिस भएको हो ।

कान्तिपुरबाट


  •  
  •  
  •