राजदूतमा सिफारिस उपाध्याय र कार्कीको नाम अनुमोदन

339
  •  
  •  
  •  

काठमाडौं, २१ माघ (ओएनएस) : संसदीय सुनुवाई समितिले भारत र अमेरिकाको लागि सिफारिस राजदूतहरुको नाम अनुमोदन गरेको छ । यसअघि गत माघ २ गतेको मन्त्रिपरिषद्को बैठकले भारतको लागि दीपकुमार उपाध्याय र अमेरिकाको लागि अर्जुनकुमार कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

नेपाली काँग्रेसको कोटामा राजदूतमा सिफारिस उपाध्याय नेपाली काँग्रेसका नेता हुन् भने गैर सरकारी संस्थामा काम गरेका कार्की एमाले कोटामा सिफारिस भएका हुन् ।

उपाध्यायले भारतमात्र सिमित हुने भएका पनि कार्कीले अमेरिका बाहेक कोलम्बिया, मेक्सिको, ग्वाटेमाला, कोस्टारिका, होण्डुरस, गुयना र निकारागुवामा नेपाली दूतको काम गर्नेछन् । सभापति कुल बहादुर गुरुङको अध्यक्षतामा बसेको समितिको बैठक समितिले दुबैलाई सुनुवाई गरेको थियो ।

सुनुवाईको क्रममा उपाध्यायबिरुद्ध कुनै उजुरी परेको थिएन भने कार्कीबिरुद्ध कुटनीतिक अनुभव नभएको, सरकार विरोधी र गैरसरकारी संस्थाहरुको माफिया भएको आरोप लगाएर उजुरी दर्ता भएको थियो । उक्त उजुरीको जवाफ दिदै कार्कीले आफुले त्यस्तो कुनै काम नगरेको दाबी गर्दै नेपाल र नेपालीको हितमा काम गर्ने बताए ।


  •  
  •  
  •