महिलाको अनौठो हड्तालः देशमा शान्ति नआएसम्म पतिसँग सेक्स नगर्ने

259
  •  
  •  
  •  

protest of women for peace at south sudanकाठमाडौ, ११ कात्तिक(एजेन्सी) : देशमा हिंसा रोकेर शान्ति ल्याउनका लागि अफ्रिकी देश दक्षिणी सुडानमा महिलाहरूले एउटा अचम्मको अभियान नै सुरू गरेका छन् । सुडानका महिलाहरुले देशमा हिंसाको अन्त्य र शान्ति स्थापना नभएसम्म आफूहरूले पतिसँग शारीरिक सम्बन्ध नराख्ने अभियान थालेका हुन् ।

महिला कार्यकर्ताहरूले देशका सम्पूर्ण महिलाहरूलाई उक्त अभियानमा सहभागी भइ अभियानलाई सफल बनाउँदै देशमा शान्ति स्थापना गर्न मद्धत गर्न अपिल गरेका छन् । उनीहरूको यो अभियानका कारण पुरुषलाई हिंसा त्याग्न प्रेरणा मिल्ने विश्वास उनीहरुले गरेका छन् ।

सुडानको एक पत्रिकामा प्रकाशित खबर अनुसार सुडानको राजधानी जुबामा महिला कार्यकर्ताहरूको बैठकले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बैठकमा देशभरका सांसदसमेत ९० भन्दाबढी महिलाहरुको सहभागिता थियो । दक्षिण सुडानको सरकारले सन् २०१३ को डिसेम्बरदेखी विद्रोहीसँग युद्ध जारी राखेको छ, जसले देशका कयौ नागरिक अन्य देशमा शरणार्थीका रूपमा शरण लिन वाध्य भएका छन् ।

यस्तो हड्ताल पहिलो पटक गरिएको भने होइन, यसभन्दा अघि लाइबेरियामा पनि भएको थियो । महिलाहरूले गरेको यस्तो हड्तालका कारण १४ वर्षदेखी चलिरहेको युद्ध समाप्त भएको दावी महिला कार्यकर्ताहरूले गरेका छन् । लाइबेरियामा सेक्स हड्तालको नेतृत्व गर्ने गबोवीलाई सन् २०११ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।


  •  
  •  
  •