माओवादी केन्द्रकै सांसद भन्छन्, ‘सरकार असफल भयोे’

1558
  •  
  •  
  •  

काठमाडौं, १४ माघ (ओएनएस) : सत्तारुढ नेकपा (माओवादी) केन्द्रका सांसद अमनलाल मोदीले सरकार असफल भएको टिप्पणी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा सांसद मोदीले भने, ‘संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा प्रधानमन्त्री प्रचण्डजी गम्भीर बन्नुभएन, उहाँ सफल हुन सक्नुभएन ।’

सांसद मोदीले थारु समुदायको माग पूरा नभइ निर्वाचनको मिति घोषणा भए मान्य नहुने चेतावनी दिए । ‘कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारु समुदायलाई बेग्लै प्रदेश दिइनुपछए,’ उनले भने, ‘संविधान संशोधनमार्फत् माग पूरा नभइ निर्वाचनको मिति घोषणा गरिए प्रतिकारमा उत्रिन्छौं ।’

यथास्थितिमा संविधान संशोधन गरिनुको कुनै औचित्य नरहेको उनले बताए ।

थारु, आदिवासी, मधेशी, मगर लगायतका माग सम्बोधन नभएर अर्को ‘टीकापुर घट्ना दोहोरिने चेतावनी दिँदै मोदीले भने, ‘टीकापुर घट्ना एउटा नमूना मात्रै हो, माग सम्बोधन भएन भने संसारको कुनैपनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन् ।’


  •  
  •  
  •