तोडफोडमा उत्रिएका सभासदले भने : मर्न तयार छु तर प्रक्रियाबाट संविधान ल्याउन दिन्न

642
  •  
  •  
  •  

Aman Lal Modiकाठमाडौ, ६ माघ (ओएनएस) : एमाओवादीका सभासद अमनलालनाथ मोदीले शरिरमा एक थोपा रगत र सास रहुन्जेलसम्म प्रक्रियाबाट संविधानजारी गर्ने योजनाको विरोध गरिरहने चेतावनी दिएका छन ।

राजधानमा भएको एक कार्यक्रममा उनले प्रक्रियाबाट संविधान जारी हुन नदिने मर्न समेत तयार रहेको स्पष्ट पार्दै हिजो संविधानसभामा भएको घटनालाई लिएर आफूलाई कारवाही गरे पनि कुनै फरक नपर्ने चेतावनी दिए ।

मोदीले सोमबार राति भएको संविधानसभाको बैठकमा कुर्सि तोडफोड गर्नुका साथै हिंश्रक व्यवहार देखाएका थिए ।

आफूहरुले सहमतिको लागि देखाएको लचकतालाई कमजोरी ठनिएको दावी गर्दै हिजो संविधानसभामा रोष्ट्रम घेराउ गर्न जाँदा आफुहरुमाथि उल्टै प्रतिरोध भएको बताए । उनले भने–‘मरतातो क्या नही करता?’


  •  
  •  
  •