‘एमाले–माओवादीकाे अब झ्याप्पै एकता हुन्छ’ : एमाले नेता नेम्वाङ

381
  •  
  •  
  •  

काठमाडौं, १७ वैशाख (ओएनएस): नेकपा एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमाले र माओवादी एकतामा कुनै बाधा र अडचन नभएकाे बताएका छन्।

एमाले–माओवादी एकताबारे अनेक आशंका लगायत टिकाटिप्पणी भइरहेका बेला उनले पार्टी एकतापछि कुनै पनि समस्याकाे सामना गर्न नपराेस भनेर दुई अध्यक्ष छलफलमा रहेकाे बताए। उनले भने,’ दुर्इ अध्यक्षबीचकाे छलफल पनि अन्तिम चरणमा पुगेकाेले अब झ्याप्पै पार्टी एकता हुनेछ।’

‘एमाले–माओवादी एकता प्रक्रियामा कुनै समस्या आएको छैन,’ सोमबार बिहान इलाममा आयोजित पत्रकार सम्मेलनमा नेता नेम्वाङले भने, ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको छ । छिट्टै दुई पार्टी एकता हुन्छ ।’

नेम्वाङले निरन्तर वार्तामा बसेर पार्टी एकताको घोषणा गर्ने तयारीमा दुई अध्यक्ष जुटेको भन्दै एकतामा आशंका नगर्न आग्रह गरे ।

 


  •  
  •  
  •