यस्तो छ ‘आमा’ को फस्टलुक पोस्टर

134
  •  
  •  
  •  

काठमाडौं । फिल्म ‘आमा’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी सुरक्षा पन्तको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘आमा’मा सुरक्षाको भिन्न लुक्सले धेरैलाई चकित बनाएको छ ।

दशैंको शुभकामना स्वरुप बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा उनी कपालको आधा भाग कोटिएको अवस्थामा देखिएकी छन् । जहाँ उनी भावुक मुद्रामा देखिन्छिन् ।

अर्को पोस्टरमा उनीसँगै अभिनेत्री मिथिला शर्मा पनि फिचर्ड छन् । फिल्ममा मिथिलाले सुरक्षाको आमाको भूमिका निभाएकी छन् ।

फिल्मले एक छोरी र आमाको भावनात्मक सम्बन्धको कथा भन्ने निर्माण टिमले बताएको छ । फिल्म फागुन ९ मा प्रदर्शनमा आउँदैछ ।

फिल्ममा सुरक्षा र मिथिलाका अलावा फिल्ममा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको गीत भुपेन्द्र खड्काले लेखेका हुन् ।

शर्मिला पाण्डे निर्मिल फिल्मको छायांकन काठमाडौं र रामेछापमा भएको हो । फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । सुभाष भुषालले फिल्मको गीतमा संगीत भरेका छन् ।


  •  
  •  
  •