अल्जाइमरको औषधिलाई अमेरिकाद्वारा स्वीकृति

62
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाले अल्जाइमर रोगको उपचारमा प्रयोगका लागि एक औषधिलाई स्वीकृति प्रदान गरेको छ  अडुकेनमाब नाम गरेको औषधि अल्जाइमरका बिरामीको उपचारका लागि प्रयोग गर्न अमेरिकाले स्वीकृति प्रदान गरेको हो । झण्डै २० वर्षयता पहिलोपटक अल्जाइमरको औषधिले स्वीकृति पाएको हो । यो औषधिले अल्जाइमरका लक्षण भन्दा अल्जाइमरका कारण निम्तने डिमेन्सियासहितका अवस्था रोक्नका लागि काम गर्ने देखिएको छ ।
अल्जाइमरको क्षेत्रमा काम गर्दै आएकाहरुले औषधिलाई स्वीकृति प्रदान गरिनु सकारात्मक रहेको बताएको छ ।


  •  
  •  
  •