आइएसले सञ्चारका लागि ल्यायो नयाँ एप

198
  •  
  •  
  •  

isis_app_alrawiकाठमाडौँ, ५ माघ(एजेन्सी) : आतंकी संगठन इस्लामिक स्टेट(आईएसआईएस)ले आफ्ना गतिविधीहरूको बारेमा एक-अर्काबीच जानकारी दिनका लागि नयाँ एपको प्रयोग गरेको छ ।

अलरावी नामको एप्लिकेशनमार्फत आईएसले आफ्नो संगठन बिस्तार गर्नुका साथै आफ्ना गतिविधीबारे एक-अर्कालाई जानकारी दिने गरेको छ । आईएसले आफ्ना गतिविधी सञ्चालन तथा जानकारी आदान प्रदानका लागि ह्वाट्सएप, टेलिग्राम तथा अन्य म्यासेजिङ सेवाको प्रयोग गर्थे । तर, यस सेवाका सन्देशहरू सुरक्षा एजेन्सीहरूले थाहा पाउन थालेपछि यसको विकल्पमा अलरावी नामक एप्लिकेशन सञ्चालनमा ल्याएको हो ।

उक्त एपमा गरिएको च्याट तथा अन्य कुराकानी समेत सुरक्षा एजेन्सीले फेला पार्न नसकिने गरी डिजाइन गरिएकाले अहिले आईएसले आफ्नो सबै कामकारबाहीका लागि यो एपको प्रयोग गरिरहेको बताइएको छ । खासगरी यो एप युवाहरूलाई आफूतर्फ आकर्षित गर्ने उदेश्यले गरिने गरेको बताइएको छ । यस्तै, सुरक्षा एजेन्सीलाई झूक्याएर आपसमा सम्पर्क गर्नका लागि समेत यो एप प्रयोग भइरहेको बताइएको छ ।


  •  
  •  
  •