खेल मैदानमा बेहोस भए अल्मुताइरी

90
  •  
  •  
  •  

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएका छन् ।

अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा​ अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।

मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगेको छ । उनलाई अस्पताल लगिएको छ ।

 


  •  
  •  
  •