सरकारको आधिकारिक पत्र आए वार्तामा बस्छौँ : गठबन्धन

160
  •  
  •  
  •  

madhesiकाठमाडौँ, १४ जेठ(ओएनएस) : संघीय गठबन्धनले वार्ताको आह्वानसहित आफ्नो नाममा पत्र आएमात्र सरकारसँग वार्तामा बस्ने निर्णय गरेको छ ।

आज बसेको गठबन्धनको बैठकले मधेसी मोर्चालाई नभई संघीय गठबन्धनलाई पत्र पठाए मात्र वार्तामा बस्ने निर्णय गरेको छ । यस्तै, सरकारसँगको वार्ताका लागि आन्दोलनका क्रममा मृ्त्यु भएकाहरूलाई शहिद घोषणा, पीडित परिवारलाई राहत, पक्राउ परेका नेता कार्यकर्ताको रिहाईका साथै अन्य राजनीतिक मुद्धामा पनि छलफल गर्न तयार रहेको प्रतिबद्धता लगायतका शर्तहरू समेत पुरा गर्नुपर्ने संघीय गठबन्धनको माग छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित मधेसी मोर्चालाई पत्र लेखेका थिए । संघीय गठबन्धनका नेताहरूले प्रधानमन्त्रीले पठाएको भनिएको पत्र आफूहरूले नपाएको बताएका छन् । यस्तै, उक्त पत्रमा प्रयोग भएको भाषामा समेत उनीहरूले आपत्ति जनाएका छन् ।

यस्तै, गठबन्धनले जेठ १७ गतेपछि काठमाडौँमा रिले अनशन गर्ने निर्णय गरेको छ । गठबन्धनले अहिले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेको छ । शनिबार उक्त आन्दोलन सकिएपछि काठमाडौँको कुनै एक स्थानमा १२ घण्टे रिले अनशन बस्ने र बिस्तारै जिल्ला-जिल्लामा बिस्तार गर्ने गठबन्धनले निर्णय गरेको छ ।


  •  
  •  
  •