आलिया भट्टलाई के ऋषि कपूर बुहारी बनाउन तयार छन्? यस्ताे छ दुर्इ परिवारबीचकाे कुराकानी!

1437
  •  
  •  
  •  

९ जेठ : ऋषि कपूरका छाेरा रणवीर कपूर र अालिया भट्ट बेला बेलामा सँगै देखिने हुँदा उनीहरुकाे सम्बन्धलार्इ भारतीय सञ्चार माध्यमले प्रेमी प्रेमिकाकाे नाम दिदैँ समाचार सम्प्रेषण गरिरहेका छन्। आलिया सन् २०१६ मा ऋषि कपूरका साथ फिल्म कपूर एन्ड सन्समा देखिएकी थिइन्। उनले ऋषिसँग थप काम गर्ने इच्छा व्यक्त गरेकी छन् । ऋषि कपूरले गरेको ट्वीटबाट पनि मानिसहरू आलिया रणवीरको बिहेको कुरा झिकिरहेका छन् ।

खासमा ऋषिले भट्ट परिवारसँग काम गरेको सन्दर्भ कोट्याउँदै उनीहरू सबैलाई धन्यवाद दिए । उनले लेखे, ‘मैले सबभन्दा प्रतिभाशाली भट्ट परिवार सँग काम गरेको छु । सबैलाई धन्यवाद ।’

ऋषि कपूरको ट्वीटमा आलियाले दिएको रिप्लाईलाई मानिसहरूले उनको सम्भावित बिहेका रूपमा हेरेका छन् । आलियाले लेखिन्, ‘हा हा, गजब । आशा छ, हामी सबै फेरि सँगै काम गर्नेछौं । यसपाली हामी सबै साथै हुन पनि सक्छौं ।’

ऋषि र आलियाको थ्रेडलाई मानिसहरू रणवीर–आलिया बिहेको कन्फर्मेसनका रूपमा लिइरहेका छन् ।आलिया र रणवीरले फिल्म ब्रह्मास्त्रको शूटिङ शुरु गरेदेखि नै दुवैको अफेयरको खबर उडिरहेको हो । एजेन्सी


  •  
  •  
  •