सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ मा

99
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ (ओएनएस) : संविधानसभाभन्दा बाहिर रहेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको मागअनुसार सर्वपक्षीय राजनीतिकसभा यही भदौ ३१ गते हुने भएको छ । सर्वपक्षीय राजनीतिकसभाको मोडालिटी तयार गर्न बनाइएको कार्य दलमा मितिमा सहमति जुटाएको हो । नेकपा–माओवादीबाट कार्यदलमा सहभागि प्रवक्ता पम्फा भुषालले भनिन्,‘ आज एकैछिन बसेर मिति टुंगो लगाएका छौं, भदौ ३१ गते विहान ९ बजे सभा गर्ने निर्णय भएको छ ।’

कार्यविधि भने अझै टुंगो लागेको छैन । भोली फेरी बैठक वसेर राजनीतिक सभाको कार्यविधि टुंगो लगाईने भुषाले जानकारी दिईन् । यसअघि सम्मेलन गर्ने मितिमा विवाद हुँदै आएकोमा प्रधानमन्त्री अमेरिका जानु अघि नै सम्मेलन गर्ने सहमति भएको हो । प्रधानमन्त्री सुशील कोईराला असोज ३ गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिदै अमेरिका जाँदै छन् ।


  •  
  •  
  •