सकियो सर्वदलीय बैठक

181
  •  
  •  
  •  

काठमाडौँ, ११ जेठ(ओएनएस) : प्रधानमन्त्री केपी ओलीले आज बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अनुपस्थित भएपछि प्रमुख दलहरूबीच मात्र छलफल भएको छ ।

बैठकमा वार्ताबाटै समस्याको समाधान खोज्नुपर्ने सुझाव नेताहरूले दिएका थिए । प्रमुख विपक्षी दल कांग्रेसका नेताले पनि वार्ताको वातावरण तयार गर्नका लागि अनौपचारिक भएपनि वार्ता सुरू गर्नुपर्ने भन्दै प्रधानमन्त्री र मन्त्रीहरूले आन्दोलनरत दलका मागका बारेमा सार्वजनिक रूपमा टीका टिप्पणी गर्न नहुने बताएका छन् ।

बैठकमा सत्तारूढ दलका नेताहरूले वार्ताबाट समस्याको समाधान खोज्नका लागि आफूहरू तयार रहेको बताएका थिए । उनीहरूले आफूहरू वार्ताबाट समस्याको समाधान गर्न तत्पर रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले सोमबार साँझ सर्वदलीय बैठक बोलाएका थिए । यस्तै, उनले मोर्चाका नेताहरूलाई वार्ताका लागि आह्वान गर्दै पत्र समेत पठाएका थिए ।

आज भएको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरु सहभागी रहेका थिए ।


  •  
  •  
  •