काठमाडौँ, १२ फागुन(ओएनएस) : पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै २३ जनाको मृत्यु भएको छ ।
विमानमा रहेका सबै २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानमा ३ चालकदल सदस्यसहित २ बालक, २ विदेशीसहित १६ जना रहेका थिए । विमान म्याग्दीको सोली घोप्टेभीरको केकरको बुटा भन्ने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
दुर्घटनास्थलमा केही स्थानीयसहित केही प्रहरीहरू समेत पुगेका छन् । दुर्घटनास्थल टाढा र खराब मौसमका कारण उद्दार कार्यमा समेत अफ्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारीले सागरमणि पाठकले बताएका छन् ।
घटनास्थलमा क्षतविक्षत अवस्थामा शवहरू यत्रतत्र छरिएको स्थानीयबासीले जानकारी दिएको समेत प्रजिअ पाठकले जानकारी दिए । केही प्रहरीहरू त्यहाँ पुगेपनि उनीहरूसँगको सम्पर्क विच्छेद भएको कारण थप समस्या भएको उनको भनाई छ ।