अल्काटेल वानटच मोबाइल बजारमा

295
  •  
  •  
  •  

Alcatel One Touch POP C7काठमाडौ, ८ मंसिर(ओएनएस) : नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्स ( एनजिइ सोलुसन्स)  प्रालिले नेपाली बजारमा फ्रान्सको ब्राण्ड अल्काटेल वानटच मोबाइल बजारमा ल्याएको छ ।
नयाँ बानेश्वरमा रहेको कम्पनीले पहिलो चरणमा ५ ओटा मोडल बजारमा ल्याएको हो ।
नेपालमा भित्रिएका  मोडलहरुमा बारफोनमा ‘अल्काटेल १०४१ डी’, स्मार्टफोनमा ‘पप डि वान’, ‘पप डि थ्री’ , ‘पप डि फाइभ’ र ‘पप सि सेभेन’ रहेका छन् ।

यी मोवाइलको मूल्य अल्काटेल १०४१ डी को रु. १ हजार ९ सय ९०,अल्काटेल पप डि वानको रु ७ हजार ७ सय ७७, पप डि थ्रीको   रु ९ हजार १ सय ८०, पप डि फाइभ को मुल्य रु १२ हजार ६ सय ९ र पप सि सेभेन को  १६ हजार ८ सय ४० तोकिएकोे छ ।

जसमध्ये अल्काटेल पप सि सेभेन मा क्वाडकोर प्रोसेसर,१ जिबी ¥याम ,४जिबी इन्टरनल मेमोरी , ५ इन्च स्क्रीनलगायत सुविधाहरु छन् । त्यस्तै वाइफाई, ब्लुतुथ, २ हजार एमएएच को ब्याट्री, गेस्ट मुडलगायत विशेषताहरु रहेको बताइएको छ ।

कम्पनीले न्युरोडको ताम्राकार कम्प्लेक्स र सिभिल ट्रेड सेन्टरमा आफ्नो सर्भिस सेन्टर राखेको छ । एन्ड्रोइड जेलिबिन र किटक्याट भर्सनमा यी स्मार्टफोन नेपाली बजार सुहाँउदो भएको बताइएको छ ।

कम्पनीले नेपालका धनगढी, नेपालगंज, काठमाडौं, भक्तपुर, सुर्खेत, पोखरा, डुम्रे, नारायण्ँघाट, हेटौंडा, बिरगंज, जनकपुर, बिराटनगर, दमक, बिर्तामोड, धरान लगायतका मुख्य शहरहरुमा  डिलर तथा सभिर्स हबहरु खोलिसकेको छ ।

उपत्यका लगायत नेपालका मुख्य शहरमा अल्काटेल वानटचको कारोबार शुरु भइसकेको एनजिइ सोलुसन प्रालिका नेशनल सेल्स मेनेजर उमेश अधिकारीले जानकारी दिए ।


  •  
  •  
  •