आमासँग फिल्म खेल्ने आलियाको रहर

364
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) : बलिउड प्रवेशको छोटो समयमा नै चर्चा र सफलता पाएकी अभिनेत्री आलिया भट्टले आफ्नी आमासँग फिल्म खेल्ने इच्छा व्यक्त गरेकीछिन् ।bbbbb

आलियाले आफ्नी आमा सोनी राजदानसँग काम गर्न चाहेको बताएकी छिन् । आलियाको पिता महेश भट्टले निर्देशन गर्ने फिल्ममा आमासँग अभिनय गर्ने रहर भएको आलियाको भनाई छ । सारांश फिल्ममा अभिनय गरिसकेकी सोनी राजदानले नजर फिल्मको निर्देशन गरेकी थिइन् । ‘हाइवे’ फिल्मबाट अत्याधिक चर्चा बटुल्न सफल यि बलिउड बालालाई अभिनयमा अहिले भ्याइनभ्याइ छ ।

bhatta

आलियाले भविष्यमा आफ्नी आमा र आफू एक गम्भीर फिल्ममा देखिने दाबी समेत गरेकी छिन् । आलिया अहिले वरुण धवनको फिल्म ‘हम्टी शर्माकी दुल्हनिया’ को प्रचारमा व्यस्त छिन् ।


  •  
  •  
  •