अपहरणकारीले मर्‍यो भनेर ‘गाडेका’बालक फर्किए

119
  •  
  •  
  •  

काठमाडौं २६ जेठ ।
पहरणपछिकुटपिट गरी ‘मर्‍यो’ भनेर ‘गाडेका’ एक बालक ज्यान जोगाएर फर्किएकाछन् । राजधानीको दक्षिणढोका डेरा गरेर बस्ने भीमसेन बन्जराका १० वर्षीयछोरा अपहरणकारीले खाल्डोमा‘पुरेको’ तीन घण्टापछि जीवितै घर आएका हुन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणमा संलग्न दोलखा मार्बुकाभीमबहादुर मगर र उनका साथी अभिशेष भनिने रुद्र खत्रीलाई पक्राउ गरेको छ ।

दक्षिणढोकाछेउको चौरमा खेलिरहेकाबालकलाई चाउचाउ दिएर फकाई उनीहरूले अर्जेल गाउँनजिकको जंगलमा पुर्‍याएका थिए ।

सुरुमा फकाउँदै लगेका उनीहरूले जंगलको बीचमा पुर्‍याएपछि पिट्न सुरु गरेका थिए । ‘बालकसँग सुरुमा बुबाआमाको नम्बर मागेछन्,’ महाशाखाका प्रहरी उपरीक्षक बुद्धि गुरुङले भने, ‘बालकले दिदीको नम्बर दिएको रहेछ ।’ नम्बर पाएपछि दिदीलाई फोनगर्नुअघि उनीहरूले बच्चाको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

मुख बन्द गरेर घाँटी थिच्दा बालक बेहोस भएपछि उनीहरूले ‘मृत्यु भएको’ ठानेर बालकलाई खाल्डोमा हालेर माथिबाट बालुवा र स्याउलाले छोपेर हिँडेका थिए ।

‘उनीहरूले मर्‍यो भनेर खाल्डोमा हालेर हिँडेछन्,’ गुरुङले भने, ‘तर बालक बेहोसमात्र भएको रहेछ, उनी खाल्डोबाट निस्किएर आफूपढ्ने स्कुलछेउमा पुगेका थिए ।’

उनीहरूले बालकलाई खाल्डोमा हालेपछि‘अब मर्‍यो, जाउँ’ भन्दै हिँडेको बच्चाले सुनेका रहेछन् । अपहरणकारीलेबालकको दिदीलाई फोन गर्नुअघि नै बालक होसमा आएर आफन्तको सम्पर्कमापुगेका थिए । उनी आफू पढ्ने गरेको अलमाइट आइडियल स्कुलछेउमा रक्ताम्मेअवस्थामा पुगेका थिए । सँगै पढ्ने साथी गौरवखतिवडाले देखेपछि स्कुलमा खबर गरेका थिए ।

स्कुलले उनको आफन्तको नम्बर पत्ता लगाएर खबरगरिदिएका थिए । ‘शरीरभरि घाउ थियो,’ गौरवले भने, ‘मसहितका साथीलेउसलाई स्कुलभित्र बेन्चमा लगेर सुतायौं, पानी पिउन दिएपछि स्कुलमाखबर गर्‍यौं ।’ अलि–अलि बोल्न सक्ने स्थितिमा रहेका उनले आमा र दिदी आएपछिआफूलाई अपहरण गरेर जंगलमा पुर्‍याई मर्‍यो भनेर अपहरणकारीले फालेको बताएका थिए । त्यसपछिफेरि बेहोस भएका उनलाई थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको थियो ।

त्यसपछिमात्र अपहरित बालकका आफन्तले अपहरण भएको थाहा पाए । ‘३ बजेसम्म भाइ मसँगै खेल्दै थियो,’ दिदी भवानीले भनिन्, ‘ऊ चौरबाट हिँड्दासमेतमैले कहाँ जान लागेको भनेर सोधेको थिएँ ।’ त्यसपछि उनीहरूले महानगरीयप्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । यता अपहरण गर्नेले त्यसपछि भवानीलाईफोन गरेर भाइलाई आफूहरूले अपहरण गरेको र जीवितै चाहिए ५० लाख रुपैयाँ लिएर सिन्धुपाल्चोकको एक्काइस किलो भन्ने स्थानमा आउन भनेका थिए ।

प्रहरीले भवानीलाई भाइ फेला परिसकेको सूचना अपहरणकारीलाई नदिनसुझाएका थिए । उनलाई प्रहरीले पैसामा बार्गेनिङ गर्न लगाएको थियो ।

‘अन्तिममा ५ लाख रुपैयाँमा कुरा मिलाएर पैसा पुर्‍याउने बहानामा उनीहरूलाईपक्राउ गरिएको हो,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘हामीले पक्राउगरेर बालक फिर्ता आइसकेको खबर नदिँदासम्म उनीहरूलाई बालक जीवितै रहेकोथाहा थिएन ।’ पक्राउ परेका द्वयले अपहरण गरेर बालकको हत्या प्रयास गरेकोस्वीकार गरेका छन् । अपहरणमा परेका बालकले अपहरणकारीमध्ये एक जनालाईचिनेकाले उनीहरूले ढाँट्न नसकी बालकको हत्या प्रयास गरेको बयान दिएका हुन् ।

प्रहरीका अनुसार शनिबार दिउँसो ३ बजे खेलिरहेको स्थानमा आएकाउनीहरूले बालकलाई अपहरण गरेको प्रहरीले जनाएको छ । घरमा पेन्टिङकोकाम गर्ने उनीहरूले एक महिनाअघिदेखि बच्चा अपहरण गरेर पैसा कमाउने योजनाबनाएको महाशाखाका प्रहरी उपरीक्षक गुरुङले बताए ।

उनीहरूले त्यो क्षेत्रका अरू तीन बालकमाथि पनि ‘आँखा गाडेका’ थिए । तरपहिलोपटकमै पक्राउ परेपछि उनीहरूले बाँकी अपराध गर्न पाएनन्।

गुरुङका अनुसार पक्राउ परेकामध्ये भीमबहादुर अपहरणमा परेका बालकको छिमेकमातीन वर्षअघि बस्ने गर्थे । ड्राइभरको काम गर्ने भीमबहादुरले दुई वर्षअघिपिकअप भ्यान चलाउँथे । भ्यान दुर्घटना गराएपछि उनी त्यहाँबाट भागेको पीडित बालककी दिदीले बताइन् । पीडित परिवार भाडामा बस्ने घरमा भीमबहादुरकीसानीआमा नाता पर्ने महिला बस्छिन् । भीमबहादुर त्यहाँ आउने–जाने गरिरहन्थे। त्यही बेलादेखि बालकले उनलाई चिनेका थिए । पछिल्लो एक महिनादेखिबालकलाई उनीहरूले चकलेट, चाउचाउ दिँदै फकाउने गरेका थिए । ‘चिनिराखेकोमान्छे भएपछि बालक पनि उसले बोलाउनेबित्तिकै साथै गएको थियो,’ अनुसन्धानमासंलग्न अधिकारीले भने, ‘फुटबल हेर्न लैजाने भन्दै बोलाएर लगेका थिए।’

अपहरणमा पर्ने बालकको परिवारको आर्थिक स्थिति कमजोर छ । बुबाभीमसेन मानसिक स्थिति ठीक नभएका कारण घरमै छन् । आमा घर बनाउने स्थानमाइँटा र बालुवा बोक्ने काम गर्छिन् । अपराध महाशाखा टेकुमा भेटिएकी बालककी आमाले आँखाभरि आँसु पारेर भनिन्, ‘भीमबहादुरलाई हाम्रोआर्थिक अवस्थाबारे थाहा थियो, तर पनि किन पैसाकै लागि मेरो बच्चालाईयस्तो गर्‍यो ?’

कान्तिपुरबाट


  •  
  •  
  •