आलिया भट्ट महेन्द्र सिंह धोनीकी पत्नी बन्ने

418
  •  
  •  
  •  

Alia-Bhattकाठमाडौ/ मंसिर : क्रिकेटर महेन्द्र सिंह धोनीको जीवनमा आधारित चलचित्र ‘एमएस धोनी’मा आलिया भट्टले साक्षी धोनी अर्थात् महेन्द्र सिंह धोनीकी पत्नीको भूमिका निभाउने भएकी छिन् ।

भारतीय सञ्चारमाध्मयहरूका अनुसार धोनीको भूमिकामा सुशांस सिंह राजपूतको नाम फाइनल गरेपछि निर्देशक नीरज पाण्डेले साक्षीको भूमिकाका लागि आलियाको नाम तय गरेका हुन् ।

‘हाइ-वे’ र ‘२ स्टेट्स’ जस्ता चलचित्रमा काम गरेर चर्चा तथा प्रशंसा बटुलेकी नायीका आलियालाई साक्षीको भूमिकामा देख्नु निकै रोचक हुने सञ्चारमाध्यमहरुले जनाएका छन् । सुशांत र आलियासहित चलचित्रमा फवाद खान, जोन अब्राहम, गौतम गुलाटी र अफतावको पनि अभिनय देख्न पाइने बताइएको छ । फवादलाई विराट, गौतमलाई जहिर र अफतावलाई जोगिन्दर शर्माको भूमिका दिइने बताइएको छ ।


  •  
  •  
  •