बेलायती गायिका एली गाउलडिंगका लागि योगा र कसरत ड्रग जस्तै लाग्न थालेको छ । २७ बर्षिया चर्चित गायिका एली मनको शान्तिका लागि ध्यान गर्छिन् । यही शान्तिले उनमा संगित सिर्जना गर्न उर्जा दिने गरेको एक बेलायती बेबसाइटले जनाएको छ ।
उनीका अनुसार, योग नशा जस्तै हो तर यो नशाले मानिसमा स्वच्छ मानसिकताको जन्म गराउछ । योग गरेर जब उनी स्टेजमा गाउन जान्छिन् उनमा अनौठौ उर्जाको प्रवाह हुनथाल्छ । यही उर्जाले आफूलाई संगितमा सफल बनाउदै लगेको उनले चर्चा गरेकीछन् ।