इस्लामिक स्टेटको आतंकी संगठनले छिनायो फ्रान्सेली नागरिकको घाँटी…

94
  •  
  •  
  •  

beheaded french hostageकाठमाडौ, ९ असोज (एजेन्सी) : इस्लामिक स्टेटसँग सम्बन्धित आंतकी संगठनले अल्जेरियामा बन्धक बनाएको फ्रान्सेली नागरिकको हत्या गरेको छ । बुधबार इन्टरनेटमा पोष्ट गरिएको भिडियोमा आतंकी संगठनका लडाकुहरूले ती नागरिको घाँटी काटिरहेको देखाइएको छ । भिडियोमा जुन्द अल-खिलाफाका आतंकी संगठनका लडाकुहरूले इराकमा फ्रान्सको हवाई हमलाको बदलामा फ्रान्सेली नागरिकको हत्या गरिएको बताएका छन् ।

५५ वर्षीय हर्व गार्डेलले आइतबार जुन्द अल खिलाफाका लडाकुले अपहरण गरेका थिए । यस क्रममा दौरान गार्डेल अल्जेरियाको एक राष्ट्रिय पार्कमा पर्वतारोहण गरिरहेका थिए । उनको साथमा अपहरण गरिएका अल्जेरियाका अन्य पर्वतारोहीहरूलाई भने छाडिएको थियो ।

beheaded french hostage1आतंकवादको निगरानी गर्दै आएको एक अमेरिकी एजेन्सी साइट इन्टेलिजेन्स ग्रुपले बिहिबार यस हत्याको भिडियो हासिल गरेको हो । यो भिडियो पछिल्लो दुई अमेरिकी पत्रकार र एक बेलायती हत्याको भिडियोसँग मिल्दोजुल्दो छ । यसमा सुरूवातमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको ठाऊँमा फ्रान्सका राष्ट्रपतिलाई देखाइएको छ । फ्रान्सले आइएस आतंकीहरूको विरूद्ध कारबाहीमा अमेरिकाको साथ दिँदै शुक्रबार इराकमा हवाई हमला सुरू गरेको थियो ।


  •  
  •  
  •